ग्लोवल मनि विकको अवसरमा सूर्योदय वोमी लघुवित्तको वित्तीय सचेतना ऱ्याली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 06:25:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्योदय लघुवित्त वित्तीय संस्थाको विभिन्न शाखाले वित्तीय चेतना ऱ्याली कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको भरतपुर र चितवन शाखाले चैत ८ गते ग्लोवल मनि विक २०२४ को सन्दर्भमा वित्तीय चेतना ऱ्याली कार्यक्रम सम्पन्न गरेको हो।

यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बालबालिका तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उदेश्य लिएर "Protect Your Money, Secure Your Future" भन्ने नाराका साथ हरेक वर्ष यो श्रृङखला मनाउन लागेको हो।

सोही सन्दर्भलाई निरन्तरता दिने क्रममा यस संस्थाको स्टेशन कार्यालय भरतपुर, चितवनले यस क्षेत्रका ९ वटा शाखा कार्यालयका करिव ३२ जना कर्मचारीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रम संस्थाको स्टेशन कार्यालय भरतपुर देखि, पारस बसपार्क, मुनालचोक, कान्तिपुर मार्ग हुदै पुनः कार्यालय परिसरमा आएर सम्पन्न भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved