ग्लोबल मनी विकको अवसरमा झापामा सबैको लघुवित्तको वित्तिय साक्षरता तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2024 | 06:21:57 AM मा प्रकाशित

laxmi  sunrise bank

डुम्रेमा केन्द्रीयकार्यालय रहेको सबैकोलघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनी विकको अवसरमा झापामा वित्तिय साक्षरता तालिम सम्पन्न गरेको छ। लघुवित्तले झापाको बुधबारे स्थित बुद्द आर्दश  माध्यमिकविद्यालयमा यस्तो तालिम सम्पन्न गरेको हो। 

तालिममा विद्यालयका १५ जना विद्यार्थीहरु गरी ३५ जनाको सहभागिता रहेको संस्थाका प्रमुखकार्यकारी अधिकृत केशबकुमार पौडेलले जानकारी दिए। उक्ततालिममा प्रशिक्षक सत्येन्द्र कुमार सिहँ, रहेका थिए ।

तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरताको परिचय, आवश्यकता र चाहना, बचतको अवधारणा तथालक्ष्यनिर्धारण, बचतको महत्व र बचतकाप्रकारहरु, बचतकाउपायहरु, बचत योजना, बचत प्रदायक संस्थाहरुको छनौट, कर्जाको योजनातथाकर्जा लिन सक्ने क्षमता, कर्जा सदुपयोग, जोखिमन्यूनीकरण, जोखिम परिचय र असर, विप्रेषण सेवा, अब्यवस्थितखर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, फजुलखर्च तथानगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु ब्यवसायको परिचयतथामहत्व, ब्यवसाय विस्तार तथाविविधिकरण, ब्यवसायिक योजना, अन्यआयश्रोतको पहिचान, साधनश्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, डिजिटल बैंकिङ्ग आदिबारेमा जानकारी दिइएको थियो।

संस्थाले २०७४ आषाढ ३० गतेदेखि निरन्तर लघुवित्त सेवाप्रदान गरी रहेको संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमापनि प्रमुखकार्यकारी अधिकृतपौडेलले जानकारी गराए । 

बालबालिका र युवाहरु लक्षित गरी बालबालिकातथायुवाहरुमावित्तीय साक्षरताअभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका सन् २०१२ देखि हरेक वर्ष “ग्लोबल मनिवीक विश्वभर मनाउँदै आई रहेको छ । यसै सन्दर्भमा सबैको लघुवित्तले २०८० चैत्र ५ गतेदेखि ११ गते  मूल नाराका साथ १२ औं श्रृङ्खला मनाउन लागिएकोछ ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा विगतवर्षहरु झैँ यस वर्ष पनि विविधकार्यक्रमको आयोजना गरी देशभर  मनाउने भएकोले यस सप्ताहब्यापी अभियानमा वित्तीय प्रणालीमा आवद्ध संस्थाहरुको सहभागिताहुने भएकोले नेपाल लघुवित्त बैंकर्स संघ मार्फत त्यस संघमा आवद्ध लघुवित्त वित्तीय संस्थाका केन्द्रीयकार्यालय, शाखाकार्यालय मार्फत सप्ताहब्यापीअभियान सञ्चालनगर्न, विद्यार्थी लक्षितवित्तीय साक्षरताकार्यक्रम, युवालक्षितवित्तीय साक्षरताकार्यक्रमआयोजना गरी मनाउनकालागि अनुरोध भएबमोजिम सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि सप्ताहब्यापीरुपमा देशका विभिन्नजिल्लाहरुमाविभिन्न कार्यक्रमआयोजनागर्न गई रहेकोछ ।

यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखाकार्यालयहरु, ५ सुपरीवेक्षण मुकामकार्यालय, सम्पर्क कार्यालय र केन्द्रीयकार्यालय गरी ९७कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवाप्रदानगर्दै आई रहेकोछ । संस्थाले ग्रामीण क्षेत्रमाबसोबास गर्ने गरीब, विपन्न परिवारकामहिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितोमाकर्जा लगानीगर्नुका साथै सीपमूलकतालिम, वित्तीय साक्षरतातालिमकार्यक्रमहरु सञ्चालनगर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक,बौद्धिक विकास गर्दै आई रहेकोछ । यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकतादिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानीगर्दै आई रहेकोछ । 

संस्थाले २०८० फाल्गुणमसान्तसम्ममा७० हजार ६२९ घरपरिवारहरुमा सेवाविस्तार गरेको छ । संस्थाको २०८० फाल्गुण मसान्तसम्ममालगानीमा रहेको कर्जा रु. ४ अर्ब १६ करोड ७३ लाख ६९ हजार ३३ रहेकोछ भने ग्राहक सदस्यहरुबाट रु. १ अर्ब १७ करोड बचत परिचालन गरेकोछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved