सर्लाहीको बयलवासमा सबैको लघुवित्तको 'वित्तीय सचेतना र्याली'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2024 | 12:28:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाको बयलवासमा सबैको लघुवित्त वित्तीयको “वित्तीय साक्षरता तालिम तथा वित्तीय सचेतना र्याली” सम्पन्न भएको छ । ‘ग्लोवल मनी विक २०२४’ को सप्ताहब्यापी अभियानको अवसरमा “वित्तीय साक्षरता तालिम तथा वित्तीय सचेतना र्याली” सम्पन्न भएको हो ।

तनहँु जिल्ला बन्दिपुर–०१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको बयलवासमा आफना ३३ जना युवा महिला ग्राहक सदस्यहरु तथा सर्लाही जिल्लाको ईश्वरपुर न.पा. वडा नं. ०६, बयलवास स्थित लालिगुँरास एकेडमि स्कुलका १३ जना बिद्यार्थीहरु गरि जम्मा ४६ जनाको सहभागीतामा उक्त “वित्तीय साक्षरता तालिम तथा वित्तीय सचेतना र्याली” सम्पन्न गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले उक्त तालिम सम्पन्न गरेको जानकारी गराए । उक्त तालिममा प्रशिक्षकहरु सन्तोष कुमार दत्त र प्रेम बहादुर कार्की रहेका थिए भने कार्यक्रम संचालन शाखाका शाखा प्रमुख श्री सरोज कुमार महतोले गरेका थिए । 

तालिममा सहभागीहरुले वित्तीय साक्षरताको परिचय, वित्तीय साक्षरताको महत्व, आवश्यकता, र चाहना, बतचको अवधारण तथा लक्ष्य निर्धारण, बचतको महत्व र बचतका प्रकारहरु, बचतका उपायहरु, बचत योजना, बचत प्रदायक संस्थाहरुको छनौट, कर्जाको योजना तथा कर्जा लिन सक्ने क्षमता, कर्जा सदुपयोग, जोखिम न्युनीकरण, जोखिमको परिचय र असर, विप्रेषण सेवा, अब्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, फजुल खर्च तथा नगरि नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, ब्यवसाय विस्तार तथा विविधिकरण, ब्यवसायिक योजना, अन्य आयश्रोतको पहिचान, साधन श्रोतको उच्चतम सदुपयोगिता, डिजिटल बैंकिङ्ग आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेका थिए । संस्थाले बि.सं. २०७४ असार ३० गतेदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरिरहेको, यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराएका छन ।

लघुवित्त वित्तीय संस्थाका केन्द्रीय कार्यालय तथा शाखा कार्यालय मार्फत सप्ताहब्यापी अभियान संचालन गर्न, विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम, युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी ग्लोवल मनी विक मनाउनका लागि अनुरोध भएबमोजिम यस सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि सप्ताहब्यापी रुपमा देशका विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रम आयोजना गर्न गईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved