लघुवित्तका कर्मचारीमाथि कुटपिट भएपछि संघ बोल्यो, अवाञ्छित गतिविधि नियन्त्रण गर्न माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 06:34:52 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि विभिन्न ठाउँमा भइरहेका कुटपिट लगायतका घटनामा नेपाल लघुवित्त बैंकर्स संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले आज एक विज्ञप्ति जारी गरि लघुवित्तका कर्मचारीहरुलाई कुटपिट तथा अवाञ्छित गतिविधिहरु हुने क्रम भइरहेको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । 

संघले २०८० चैत्र १४ गते बुधबार दिउँसो २ बजे महुली लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय महुली, सप्तरीमा करिब १०० भन्दा बढि जनाको समूहले कार्यालयमा घेरा हाली प्रवेश गर्न खोज्दा कर्मचारीहरु ढोका लगाई माथिल्लो तल्लामा रहेको आवासीय कोठामा गई ढोका लगाई बसेको अवस्थामा कार्यालयको मूल ढोका तोडफोड गरि भित्र कर्मचारीलाई भौतिक आक्रमण भएको संघले जनाएको छ । 

ज्यान मार्ने मनसायले ह््याक्सो ब्लेड, भाटा आदि घरेलु हात हतियार प्रयोग गरेर कोठा समेतको ढोका फूटाई महिला कर्मचारीलाई समेत भौतिक आक्रमण गरि निर्घात कुटपिट गरी कर्मचारीलाई गम्भीर घाईते बनाएको भन्दै संघले अराजक प्रवृत्तिलाई तत्काल नियन्त्रण गर्न र दोषीहरुलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

यसै गरि मिति २०८० चैत्र ७ गते बिहान ११ः३० बजे राप्ती नगरपालिका ७ सिक्स गु्रपमा डिप्रोक्स लघुवित्त वित्तीय सस्था लिमिटेडका कर्मचारी माथि शुक बहादुर गुरुङले कुटपिट गरी गम्भीर घाईते बनाएको घटनाको समेत नेपाल लघुवित्त बैंकर्सले आपत्ति जनाएको छ । 

संघले यस्ता अवाञ्छित गतिविधिले ग्राहकहरु तथा विपन्न वर्गले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट वञ्चित हुन पुगेको संघले जनाएको छ । प्रचलित ऐन, कानून बमोजिम स्थापित सस्थाहरुले कानून बमोजिम कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा संघले खेद प्रकट गरेको छ । वित्तीय संस्थाको कार्यालय भित्र यस्ता किसिमका अराजक प्रवृत्तिलाई तत्काल नियन्त्रण गर्न र दोषीहरुलाई कानुनी दायरामा ल्याउन संघले माग गरेको छ । 

अत्यावश्यक सेवा अन्तर्गत रहेको वित्तीय सेवा नियमित रुपमा सञ्चालनमा रहने वातावरणको लागि सहयोग पु¥याई दिनसमेत संघले नेपाल सरकार, नेपाल राष्ट्र बैक, स्थानिय सरकारसँग माग समेत गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved