
विराटनगर
इन्टरनेशनल कलेज,
बिराटनगरले दीक्षान्त समारोह २०२२ सम्पन्न
गरेको छ। दीक्षान्त
समारोहमा बिएस्सी (अनर्स) इन्टरनेशनल
बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी
दीक्षित भएका हुन् ।
तीनवर्षे तह अध्यनपछि विद्यार्थीले भविश्यमा नयाँ कामको खोजी गर्न सक्नेछन
। दीक्षान्त समारोहमा सहभागी विद्यार्थीले आँफुहरुले गर्वको महसुस गर्दै यो समय अत्यन्तै महत्वपुर्ण
र शैक्षिक उन्नयनको लागि मुख्य विषय भएको बताएका थिए ।
स्नातकतह पार
गरेका उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्रयाजुएट तहको पढाईका लागि इनोभेट नेपाल
ग्रुपले छात्रवृतिको व्यवस्था गरेको छ ।
ती उत्कृष्ट बिध्धार्थीले हेराल्ड कलेज काठमाडौमा इन्टरनेशनल एमबिए अधयन गर्न पाउनेछन् । जुन कलेज आइएनजीले सञ्चालन गरेको छ ।
दीक्षान्त
समारोहमा बेलायतस्थित उल्भरहेल्टन विश्वविध्यालयका सह उपकुलपति (प्रो भाइस चान्सलर) टिच स्टिलले दीक्षान्तको
प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा दिन सफल विराटनगर इन्टरनेशनल कलेजका सम्पुर्ण टीमलाई धन्यवाद दिदै यो कलेजले विश्वविद्यालयको सपना पुरा गरेको बताउदै बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेश मेनेजमेन्ट डिग्री साथै इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट तहको कक्षा संचालन हुने बताए उनले ‘कलेजले विश्वविद्यालयको सोच अनुसार शिक्षा दिन सकेको पनि बताएका थिए ।
इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले सबै दीक्षित
विद्यार्थीलाई बधाई दिंदै
समस्या आउँदा नभाग्न, नडराउन आग्रह गर्दै , चुनौतिको सामना गर्न सिक्नु अनुरोध गेरका थिए ।