
 2mb (1).gif)
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सूचना जारी गरेको छ। कम्पनीले मिति २०७४/०७/२४ मा सम्पन्न कम्पनीको २१ औं वार्षिक साधारण सभाबाट पारित भएको आ.व. २०७३/०७४ को नगद लाभांश कतिपय शेयरधनीहरूले हालसम्म पनि बुझिलिन बाँकी रहेको उल्लेख गर्दै पुरानो नगद लाभांश बुझिलिन सूचना जारी गरेको हो।
कम्पनीले कम्पनी ऐन, २०६३ को दफा १८२ को प्रायोजनार्थ सम्बन्धित शेयरधनीहरूको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ । साथै यसरी नगद लाभांश बुझिलिन बाँकी शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र आफ्नो वक्यौता नगद लाभांशका लागि कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क राख्न आग्रह गरेको छ ।
तोकिएको समयभित्र पनि नगद लाभांश लिन नआउने शेयरधनीहरूको नगद लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ।