आज पनि घट्यो शेयर बजार, १३६ कम्पनीको भाउ घट्दा कारोबार रकम पनि खुम्चियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 03:13:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से घटेको छ । आज नेप्से सुचक ७.२९ अंकले घटेर १ हजार ८ सय ५१.२३ को बिन्दुमा बजार बन्द भएको छ । यसअघि गत साताको अन्तिम दिन बिहीबार नेप्से १८ अंकले घटेको थियो ।

नेप्सेका अनुसार आज ९४ कम्पनीको शेयर मुल्य बढेको छ भने १३६ कम्पनीको घटेको छ र १० कम्पनीको शेयर मुल्य स्थिर छ ।

यसदिन २९३ कम्पनीको शेयर किनबेच हुँदा ९६ करोड ४०  लाख को शेयर किनबेच भएको छ । यसअघि गतसाताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा १ अर्ब ३२ करोड रुपैयाको शेयर कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये सोनापुर मिनरल्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ६ करोड ९५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको हो । त्यसैगरी हाथवे इन्भेष्टमेन्ट ३ करोड बढीको शेयर कारोबार भएको छ । 

त्यस्तै सबैभन्दा बढी शेयर मुल्य बढ्नेमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड रहेको छ । कम्पनीको शेयर मुल्य ९.६३ प्रतिशतले बढेको छ । त्यसैगरी, सबैको लघुवित्तको शेयर भाउ ९.०४ प्रतिशतले बढेको छ । आज माउन्टेन इनर्जी नेपाल र युनाइटेड आईडीआई मर्दीको शेयर मुल्य ९.९९ प्रतिशतले घटेको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved