प्रि ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 10:57:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से बढेको छ । आज प्रि ओपनमा नेप्से सूचक १३.२८ अंकले बढेको हो ।

आज प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये ८३ मध्ये ६६ कम्पनीको शेयर मूल्य बढेको छ । प्रि ओपन सेसनमा कुल १९ हजार ५ सय ३९ कित्ता शेयर खरिद बिक्रीबाट ५ लाख ५० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष ८०/८१ को  मौद्रिक नीतिको त्रैमासिक समिक्षा गरेको थियो । समिक्षा पछिको पहिलो कारोबारमा आज नेप्से बढेको हो । त्रैमासिक समिक्षामा केन्द्रिय बैंकले ब्याजदर घट्ने नीति लिंदै नीतिगत दरहरु घटाएको छ ।

त्यस्तै बैंकमा लगानी योग्य रकम अधिक रहेको अवस्थामा कर्जा प्रवाह बढाउने नीति अख्तियार गर्दै शेयर कर्जाको जोखिमभार पनि १५० प्रतिशतबाट १२५ मा झारेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved