सेयर लगानीकर्ताको आन्दोलन फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 09:22:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्ताहरुले आन्दोलन फिर्ता लिएका छन् । सरकारबाट सेयर लगानीकर्ताका मागहरु लगानी सम्मेलन लगत्तै बार्तामा बसेर समाधान गर्ने प्रतिवद्धता जनाएसँगै सेयर लगानीकर्ताहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

आन्दोलनका संयोजक उपेन्द्र पाठकका अनुसार आन्दोलनका सबै घोषित कार्यक्रमहरु फिर्ता लिइएको छ । मुलुकमा लगानी सम्मेलन सुरु हुन लागेकाले सरकारले लगानी सम्मेलन लगत्तै बार्तामार्फत सेयर लगानीकर्ताका समस्या र माग सम्बोधन गर्ने भनेपछि हाललाई घोषित सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको संयोजक पाठकको भनाइ छ । 

अर्थ मन्त्रालयले नै लगानी सम्मेलन लगत्तै सेयर लगानीकर्तासँग वार्तामा बस्ने भनेपछि आफूहरुले आन्दोलन फिर्ता लिएको संयोजक पाठक बताउँछन् । 

यसअघि सबै ब्रोकर हाउसहरु बन्द गर्ने घोषणासहित सेयरलगानीकर्ताहरु आन्दोलनमा उत्रिएका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved