
मंगलबार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज नेप्से उच्च अंकले बढेको छ । मंगलबार बजार बढेसँगै लघुवित्तका शेयर धनीहरुले धेरै कमाएका छन् ।
५८.५८ अंकले बढेको बजार २१११.२४ को विन्दुमा रोकिएको छ । यस दिन कारोबर साँढे ४ अर्ब बढीको कारोबार भएको छ ।
आज ५ लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जनउथ्थान, उन्नत सहकार्य, विन नेपाल, स्वाभिमान र जाल्पा सामूदायिक लघुवित्तमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट रहेको छ । त्यसैगरी, सोनापूर मिनरल्स, सन् नेपाल लाईफ ईन्स्योरेन्स, हिमालयन रिईन्स्योरेन्स र माउन्टैन ईनर्जीको शेयर धेरै कारोबार भएको छ ।
आज बजार उच्च अंकले बढ्दा पनि २२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २२० वटा कम्पनीको शेयर भाउ बढेको छ भने ४ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन् ।
मंगलबार सबै बीमा कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कति वृद्धि ?