सर्वोत्तम सिमेन्ट नेप्सेको 'टप १०' कम्पनी भित्र, आधा खर्ब नाघ्यो बजार पुँजीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 01:52:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्ट लिमिटेड नेपाल स्टक एक्सचेन्ज नेप्सेको १० औ ठूलो कम्पनी बनेको छ । बजार पुँजीकरणको हिसाबमा सर्वोत्तम आज टप १० भित्र प्रवेश गरेको हो ।

यो समाचार तयार पार्दासम्म सर्वोत्तम सिमेन्टको बजार पुँजीकरण ५० अर्ब ३५ करोड ९५ लाख पुगेको छ । आजको कारोबारअघि कम्पनीको बजार पुँजीकरण  ४५ अर्ब ७८ करोड ३९ लाख  थियो भने ठूला कम्पनीको १२ औ स्थानमा थियो । आज बिहिबार पनि कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेपछि कम्पनी १० औ ठूलो कम्पनी बनेको हो । यस क्रममा कम्पनीले नेपाल लाइफ इन्स्योरेन्स र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पछि पारेको छ ।

आज कम्पनीको शेयर मूल्यमा लगायातर सातौ दिन सकारात्मक सर्किट लागेको हो । आज पनि शेयर कारोबार सुरु भएको केहि मिनेटमा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आज कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर १०८३ रुपैयाँ कायम रहेको छ । आज कम्पनीको शेयर मूल्य ९८.४० रुपैयाँले बढेको हो । 

नेप्सेमा चैत्र ६ गतेबाट सर्वोत्तम सिमेन्टको शेयर कारोबार सुचारु भएको हो । कम्पनीको SARBTM सिम्बलबाट कारोबार भएको हो । चैत्र ६ गते, चैत्र ७ गते,  चैत्र ८ गते, चैत्र १२ गते, चैत्र १३ गते,  चैत्र १४ गते र आज चैत्र १५ गते गरि लगातार सातौ दिन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो  । 

चैत्र ६ गते कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने व्यवस्था थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । 

नेप्सेमा कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर सुचिकृत भएको छ। सुचिकृत भएको ४ करोड ६५ कित्ता शेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ । बाँकि रहेको १२.९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्काशन गरिएको हो ।  कम्पनीले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो ।  


कस्तो छ वित्तीय अवस्था ?

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको खुद नाफा २१ करोड ३८ लाख रहेको थियो  आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनीले ४६ करोड ७६ लाख खुद नाफा कमाएको थियो । यो कम्पनीको लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसारको खुद नाफा हो ।

आर्थिक वर्ष २०८०/८१ को असोजसम्मको विवरण अनुसार कम्पनीको खुद नाफा ८ करोड ३५ लाख रहेको छ । यो अपरिस्कृत वित्तीय विवरण अनुसारको खुद नाफा हो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ८२ करोड ८४ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ भने आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २ करोड खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८२.८३ मा खुद नाफा १ अर्ब १८ करोड पुग्ने कम्पनीको प्रक्षेपण छ ।

आईपीओ निष्काशन गर्नु अघि कम्पनी प्रति शेयर नेटवर्थ १८५.३६ रुपैयाँ थियो भने प्रति शेयर आम्दानी ५ रुपैयाँ २८ पैसा थियो । यो आर्थिक वर्ष २०७९/८० को विवरण अनुसार हो ।

आईपीओ निष्काशन पछि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले प्रति शेयर नेटवर्थ २०७.२२ रुपैयाँ र प्रति शेयर आम्दानी १७.८२ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

२०८० अस्प्ज मसान्तसम्म कम्पनीले तिर्नु पर्ने ऋण ४ अर्ब १८ करोड रहेको छ । यसमा विभिन्न बैंकबाट लिइएको अल्पकालीन प्रकृतिको चालुपुंजी कर्जा, र आवधिक कर्जा समावेश छ ।

कम्पनीको अधिकृत पुंजी ५ अर्ब रहेको छ भने आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४ अर्ब ६५ करोड पुगेको छ  आर्थिक वर्ष २०७९/८० मा कम्पनीको रिजर्भ र सरप्लसमा ३ अर्ब ४५ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा यो रकम बढेर ४ अर्ब ९८ करोड पुग्ने कम्पनीको प्रक्षेपण छ ।

को सँग कति छ शेयर ?

कम्पनीको चुक्ता पुंजी ४ अर्ब ६५ करोड मध्ये संस्थापक शेयरधनीसँग ८७.०९६७ प्रतिसत शेयर अर्थात् ४ करोड ५ लाख कितात शेयर शेयर छ । योग्य संस्थागत लगानीकर्तासँग ५.१६१३ प्रतिशत अर्थात् २४ लाख कित्ता शेयर रहेको छ । आयोजना प्रभावित स्थानीयसँग  ०.५३ प्रतिशत शेयर अर्थात् २ लाख ४८ हजार ४ सय ७० कित्ता शेयर छ । यी शेयरमा लकइन अवधि भएकोले अहिले यी शेयर कारोबार हुन सक्दैन ।

अहिले कारोबारमा आएको शेयर भने सर्वसाधारणसँग रहेको शेयर मात्र हो । जुन ७.२० प्रतिशत अर्थात् ३३  लाख ५१  हजार ५ सय ३० कित्ता मात्र हो ।

कुन योग्य संस्थागत लगानीकर्तासँग कति छ सर्वोत्तमको शेयर ?

४० वटा योग्य संस्थागत लगानीकर्ता (क्युआईआई) ले सर्वोत्तम सिमेन्टको शेयर छ । कम्पनीले मङ्सिर ६ देखि मङ्सिर १० गतेसम्म बुक बिल्डिङ विधिमार्फत्  पहिलो चरणमामा  योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरेको थियो।

सर्वोत्तम सिमेन्टले क्युआईआईलाई २४ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जस अनुसार नागरिक लगानी कोषसँग सबैभन्दा बढी शेयर छ । कोषसँग ४ लाख कित्ता शेयर छ । 

त्यस्तै सिटि एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड, स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सल्ट्यान्ट, अलका इन्भेष्टमेन्ट प्रा.लि, र  नेपाल लाईफ इन्स्योरेन्स कम्पनीसँग समान २ लाख ७१ हजार २ सय ३१ कित्ता शेयर छ  । कामना सेवा विकास बैंकसँग २ लाख कित्ता शेयर छ भने प्रभु सेलेक्ट फण्डसँग १ लाख २४ हजार ३ सय १४ कित्ता शेयर छ  ।

सबै भन्दा कम शेयर सम्पन्न क्यापिटल एण्ड एड्भाईजरी नेपालसँग छ। उ सँग २८४ कित्ता शेयर छ।  त्यस्तै सानीमा लार्ज क्याप फण्डसँग  ५६५ कित्ता र  समृद्धि फाइनान्ससँग ५६५ कित्ता शेयर छ ।

 हेर्नुस् को सँग कति ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved