काठमाडौ उपत्यका खानेपानीको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2022 | 07:33:16 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी महशुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । खानेपानी सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सु्भास सापकोटा र केयुएलका तर्फबाट का.मु.उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षर गरेका छन्।

 यो सँगै इसेवा मार्फत केयुकेएलका ठिामी,भक्तपुर,त्रिपुरेश्वर,क्षेत्रपाटी,कीर्तिपुर,वानेश्वर,महांकालचौर,ललितपुर,महाराजगं शाखाका ग्राहकले इसेवाबाटै महशुल भुक्तानी गर्न सकिन्छ । यसले आम खानेपानी ग्राहकको ठुलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ । हाल देशभर रहेका सयौँ खानेपानी समितिहरुको खानेपानी महशुल समेत इसेवाबाट भुक्तानी गर्न सकिन्छ ।

इसेवा प्रयोगकर्ताले मोबाईलबाटै सिधै अनलाइनबाट सिधै शुल्क भुक्तानी गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकहरुले आफ्नो नजिकै रहेका जोन तथा पोइन्ट मार्फत रकम भुक्तानी गर्न सकिन्छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ३० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । 

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved