आइएमई पेबाट बीमाको प्रिमियम तिर्दा क्यासब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2022 | 08:38:37 PM मा प्रकाशित

laxmi  sunrise bank

 आइएमई पे ले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ती रोचक अफर ल्याएको छ । आइएमई पे ले “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” अफर ल्याएको हो  ।

अफर अन्तर्गत असार १० गते देखि सो एपबाट एन.एल.आइ.सि.को बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतम रु. २,५०० सम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाएको जनाएको छ ।कम्पनीका अनुसार केवाईसी भएका प्रयोगकर्ताहरुले बीमा किस्ताको भुक्तानी नियत मिती (ड्यु डेट) भित्र वा नियत मिती पछिको ७ दिन भित्र आइएमई पे एपबाट गरे बापत मात्र क्यासब्याक तथा अरु उपहार जित्ने मौका पाउनेछन् ।   

 आइएमई पे हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved