फोनपेको ‘पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान, अब मोबाइल नम्बर भए पैसा पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2022 | 04:43:46 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले “फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’’ अभियान सुरु गरेको छ । 

डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपे मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंककारोबार मार्फत् रकम पठाउन सकिन्छ । 

फोनपे  डाइरेक्टमा मोबाइल बैंकिङ्ग एप मार्फत् सहज एवं सुरक्षित रुपमा मोबाइल बैंकिङ एप मार्फत रकम भुक्तानी एवं रकम प्राप्त गर्न सकिन्छ । पैसा पठाउनको लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ्ग एप लगइन गर्नु पर्दछ । लगइन गरेपछि सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्टलाई छनौट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाईल नम्बर राखेर पठाउन सकिन्छ । 

मोबाइल बैंकिङ एप्सबाट रकम स्थानान्तरण गर्दा समेत कहिलेकाहीँ बैंकको खाता सही नभएको, बैंक शाखा विवरणहरू उपलब्ध नभएको, खातावालाको नाम, आदि जस्ता कुराहरु नमिल्दा रकम पठाउन सकिँदैन । तर फोनपेले यस्ता सम्पूर्ण समस्याहरुलाई समाधान गर्ने विश्वास कम्पनीको छ । फोनपे डाइरेक्टबाट पैसा पठाउनको लागि बैंक खाता नम्बरको आवश्यकता पर्दैन, र यो केवल मोबाइल नम्बर र बैंकको नामबाट पैसा पठाउन सकिन्छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका  मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । 

साथै फोनेमार्फत अन्तर बैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । 

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ८ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved