ब्रिटिस काउन्सिलको आइएलटिएसको शुल्क अब इसेवाबाट तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 05:40:35 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । 

हालै इसेवा र ब्रिटिस काउन्सिलकाबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम ब्रिटिस काउन्सिलले लिने आइएलटिएस परिक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो । 

अबदेखि आइएलटिएस परिक्षा दिने परिक्षार्थीले आफ्नो इसेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्नेछन् । साथै नजिकै रहेका इसेवाको ऐजेन्ट नेटवर्क मार्फत समेत उक्त शुल्क भुक्तानी गर्न सकिनेछ । उक्त विद्युतिय भुक्तानी प्रबिधिले विद्यार्थीहरुलाई सहजता पुग्ने अपेक्षा गरिएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved