‘खल्ती’ र राष्ट्रिय बीमा संस्थान बीच बीमा प्रिमियम भुक्तानीका लागि साझेदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 12:51:16 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थान सँग सहकार्य गरेको छ। खल्ती सँगको यस सहकार्य स्वरूप उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्नेछन्।

उपभोक्ताले बिमा तिर्न खल्ती एपमा रहेको इन्स्योरेन्समा गई राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ।  मागिएको विवरण भरि प्रिमियम भक्तानी प्रकृयालाई पुरा गर्न सकिन्छ।  

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “राष्ट्रिय बीमा संस्थानको भुक्तानी सुविधा खल्तीमा समेट्नु हाम्रो लागि एक प्रभावकारी उपलब्धि हो। यस सहकार्यबाट प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा फाईदा हुने साथै बिमा शुल्क सङ्कलन अझै  सरल र प्रभावकारी बन्ने कुरामा हामी बिश्वस्त छौं।”

प्रयोगकर्ताले रु. ५,००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो 'खल्ती' केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved