एसइइ दिएका विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, एक हजार जनालाई निशुल्क पढ्ने ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2022 | 06:19:53 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउने ईसेवाले जनाएको छ।

ईसेवाका अनुसार यसका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । त्यसपछि इसेवा एप मार्फत आफुले अध्ययन गर्न चाहेको कलेज छानेर आफुले पढ्न चाहेको विषय रोज्नु पर्नेछ । यसका लागि विद्यार्थीले रु १० तिरेर आवेदन दिन सकिनेछ भने यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउनेछन । यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ । कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट इसेवा डटकम डट एन्पिमा हेर्न सकिनेछ । विद्यार्थीले इसेवाको कल सेन्टरमा सम्पर्क गरेर  पनि थप जानकारी लिन सक्नेछन् ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved