प्रभु म्यानेजमेन्ट बन्यो नेपाल रेमिटको मुख्य प्रतिनिधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2022 | 05:31:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल रेमिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्टको तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका हुन्। 

सम्झौता भएसँग प्रभु म्यानेजमेन्ट नेपाल रेमिटको मुख्य प्रतिनिधि भएको छ ।सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा दुवै कम्पनीको रहेको छ। प्रभु म्यानेजमेन्ट प्रा.लि सँगको सम्झौता संगै नेपाल रेमिटका ग्राहकहरुले देशभर रहेका १५ हजार स्थानहरुबाट बिदेशबाट पठाएको रकमको भुक्तानि लिन सक्नेछन् । 

नेपाल रेमिटले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइ रहेको छ। बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको कम्पनीको दाबी छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved