कनेक्ट आइपिएसले ल्यायो रिफरल योजना : प्रस्तावक र प्रस्तावित दुवैलाई पैसा कमाउने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 10:38:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कनेक्ट आइपिएसले आफ्नो सेवा प्रस्ताव 'रिफर' गर्दा उपहार स्वरुप खातामा पैसा उपहार आउने योजना ल्याएको छ। यस योजनाअन्तर्गत आफ्नो साथि भाई, परिवार तथा आफन्तहरुलाई कनेक्ट आइपिएसमा आबद्द हुनलाई प्रस्ताव गर्दा प्रस्तावक र प्रस्तावित दुबैले उपहार स्वरुप खातामा २५ रुपैयाँ प्राप्त गर्ने कनेक्ट आइपिएसले जनाएको छ। 

कनेक्ट आइपिएसका अनुसार प्रस्तावले आफ्नो बैंक खातामा २५ रुपैयाँ प्राप्त गर्नेछ भने प्रस्तावितले आफ्नो मोबाइल नम्बरमा २५ रुपैयाँ उपहारको रुपमा पाउनेछ। यो योजना जेठ एक गतेदेखि असार ३१ गतेसम्म रहने छ। 

यो अफरको फाइदा लिनलाई प्रस्तावकले आफ्नो रिफरल कोड दिनुपर्नेछ भने प्रस्तावित आफ्ना साथिभाई तथा आफन्तले कनेक्ट आइपिएसमा नयाँ युजर रजिष्टर गर्दा उक्त रिफरल कोड हालेर एक पटक आफ्नो मोबाइल नम्बर  र इमेल आइडी भेरीफाई गर्नुपर्नेछ। यसो गरेमा मात्र प्रस्तावक आफ्नो बैंक खातामा २५ रुपैयाँ र प्रस्तावित आफ्ना साथिभाई तथा आफन्तले आफ्नो मोबाइलमा २५ रुपैयाँ पाउनेछन। 

प्रस्तावकले आफ्नो रिफरल कोड संगै लिंक पनि सेयर गर्न सक्नेछन र प्रस्तावित आफ्ना साथिभाई तथा आफन्तले उक्त लिंक क्लिक गरेर वा मोबाइल एप मार्फत नयाँ युजर बनाउन सक्नेछन।कनेक्ट आइपिएस को वेव मार्फत प्रति कारोबार २० लाख सम्म र यसको मोबाइल एप्स मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ। यस मार्फत रिचार्ज, फाइन, सेयर कारोबार, नेपालपे क्युआर लगायतका दर्जनौं प्रकारका भुक्तानी गर्न सकिन्छ। 

कनेक्ट आइपिएस मार्फत  चालू आर्थिक वर्षको चैत मसान्तसम्म ५२ सदस्य बैंक वितिय संस्था मार्फत २८ खर्ब ५० अर्ब बराबरको ३ करोड ६० लाख भन्दा बढी भुक्तानी कारोबार फर्छौट भैसकेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved