मर्जर प्रस्ताव पारित गर्न एनसीएचएल र नेप्सको विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2024 | 09:24:43 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर तथा प्राप्ति प्रस्ताव पारित गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)ले विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले वैशाख १३ गते विशेष साधारणसभा आह्वान गरेका हुन् ।

विशेष साधारणमा मर्जर तथा प्राप्ति समबन्धि विविध प्रस्ताव पेश हुने छ । एनसीएचएलले नेप्सलाई गाभ्न लागेको हो । दुवै कम्पनीको विशेष साधारणसभामा मर्जर समबन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने, डिडिए रिपोर्ट र स्वाप रेसियो पारित गर्ने, मर्जर तथा प्रतिको बाँकि कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, चुक्ता पुंजी वृद्धि गरि शेयर संरचना परिवर्तन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गरि थप समशोधन आवश्यक परे त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् । 

अब दुवै संस्थाहरुले छुट्टा छुट्टै विशेष साधारण सभा मार्फत आफ्नो शेयरधनीहरुको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पछि कम्पनी रजिष्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया सम्पन्न गरी एकिकृत कार्य गर्ने छन् ।

बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन् । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थाहरुलाई सेवा दिदै आएको छ । त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ ।

कम्पनीका अनुसार विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको उक्त क्षेत्रलाई आधुनिकिकरण तथा अन्तरआबद्धता कायम गर्न र यस सम्बन्धी दूरगामी परियोजनाहरुको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्वीच लगायतका थप पूर्वाधारहरु विस्तार गर्न यस साझेदारीले सहयोग हुने अपेक्षा गरिएको छ । प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफल मूलक हुने गरी राष्ट्रिय र अन्तराष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न समेत एनसीएचएल र नेप्सबीच प्राप्तिले उल्लेखिय भूमिका खेल्ने छ । प्राप्ति पश्चात कम्पनीको पूँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत उल्लेखिय सहयोग हुनेछ ।

पुस ८, २०६५ मा स्थापित एनसीएचएलले NCHL-ECC, NCHL-IPS, RPS, connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI) र NEPALPAY QR जस्ता राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ । हाल एनसीएचएलले एनपीएस अन्तर्गतको नेशनल कार्ड स्विच र NEPALPAY डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । ५३ भन्दा बढि बैंक वित्तीय संस्थाहरु र १०० भन्दा बढि अन्य संस्था/निकायहरुले एनसीएचएलको प्रणाली प्रयोग गर्दै आएका छन् ।

फागुन १८, २०६९ मा स्थापित नेप्सले विभिन्न बैंक वित्तीय संस्थाहरुको लागी केन्द्रिकृत रुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्ने कार्य गर्दै आएको छ । नेप्स अन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाहरुको १,६०० भन्दा धेरै एटीएम, ९,००० बढि POS मार्फत सेवा र इकमर्स कारोबारको सेवाहरु उपलब्ध गराउँदै आएको छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved