खल्तीको क्यासब्याक मेलाः हरेक स्क्यान एण्ड पे मा १०% क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2024 | 07:36:29 PM मा प्रकाशित

laxmi  sunrise bank

‘खल्ती’ले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ । खल्तीले यूनियनपे सँग सहकार्यमा सो अफर ल्याएको हो ।

अफरमा खल्ती प्रयोगकर्ताहरूले तोकिएका ब्राण्डहरूको १०० भन्दा बढी आउटलेटहरूमा यूनियनपे को क्यू आर् स्क्यान गरी भुक्तानी गर्दा थुप्रै क्यासब्याक प्राप्त गर्न सक्नेछन् । चैत्र १४ देखि  वैशाख ३० गतेसम्म लागु हुने यस अफरमा खल्ती प्रयोगकर्ताहरूले यूनियनपे को क्यू आर् खल्ती मार्फत स्क्यान गरी भुक्तानी गर्दै १०% क्यासब्याकको लाभ समेत उठाउन सक्ने जनाइएको छ ।

विभिन्न मुभी हल, क्याफे र रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्राण्ड, ट्राभल र एड्भेन्चर, डिपार्टमेन्टल स्टोरहरूका आउटलेटहरूमा भुक्तानी गर्दा उक्त क्यासब्याकको लाभ लिन सकिनेछ । आइ एन् आइ सिनेमा, न्यु म्यु, डल्ले, मोन्स्टर मिल, ई–फार्मेसी , मनकामना दर्शन लगायतका थुप्रै ब्राण्डहरूको आउटलेटहरूमा यस अफर उपलब्ध छ। साथै  अन्य थप ब्राण्डहरू पनि यस अफरमा जोडिने  क्रम जारी नै छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीमा उपलब्ध हुने क्यासब्याक अफरहरू थुप्रै प्रयोगकर्ताहरूले रुचाएको कुरालाई मध्यनजर गर्दै ‘क्यासब्याक मेला’ उपलब्ध गराएका जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved