अध्यक्ष गोल्छा र आइएलओ नेपाल कार्यालयका निर्देशक हवार्डबीच भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 06:13:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासंग अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)  नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले आज भेट गरेका छन् ।

भेटका अवसरमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भएको महासंघले जनाएको छ । उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवद्र्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयन लगायतका विषयमा सहकार्य गरिने बिषयमा चर्चा भएको अध्यक्ष गोल्छाको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइशोलेशन लगायतका सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरे । उनले महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिवद्ध रहेको र सामाजिक सुरक्षाको कार्यन्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड यूनियनसंग छलफल गर्न तयार रहेको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved