सिद्दार्थ बैंकद्वारा लाभांश घोषणा, बोनस र हकप्रद पश्चात चुक्ता पुंजी ८ अर्ब नाघ्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 05, 2018 | 05:13:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफा बाट १४ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी १६ औ बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा लाभांश बितरण हुनेछ।

बैंकको हाल चुक्ता पुंजी ६ अर्ब ८२ करोड रहेकोमा प्रस्तावित बोनस बितरण पछि बैंकको चुक्ता पुंजी ७ अर्ब ७८ करोड पुग्ने छ। प्रस्तावित १४ प्रतिशत बोनस शेयर र यस अघिनै स्वीकृतभई जारी गर्ने क्रममा रहेको  १० प्रतिशत  हकप्रद शेयर समेतबाट बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ।

बैंकले हाल देशभर रहेका ८१ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०५ एटिएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म  ८२ अर्ब १५ करोड निक्षेप संकलन गरि   ७३ अर्ब ८० करोड कर्जा लगानी गरेको छ।  


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved