सूर्योदय लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:०.७० को अनुपातमा ७० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो । अब कम्पनीले २ करोड ८० लाखको २ लाख ८० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।
कम्पनीले गत आर्थिक बर्षको नाफाबाट १९ प्रतिशत बोनस घोषणा गरेको छ । बोनस र हकप्रदपछि कम्पनीको चुक्ता पुंजी ७ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।
लघुवित्तले गत आर्थिक बर्ष २ करोड ३७ लाख रुपैया खुद मुनाफा आर्जन गरेको थियो। स्याङजा सदरमुकाममा प्रधान कार्यालय रहेको लघुवित्तले १० जिल्लामा ३० शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दे आईरहेको छ ।