३ बाणिज्य बैंक सहित ५ बैंकको कारोबार रोक्का , यस्तो छ कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2018 | 07:38:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले ३ बाणिज्य बैंक सहित ५ वटा बैंकको कारोबार रोक्का गरेको छ । नेप्सेले सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, मिसन डेभलपमेण्ट बैंक तथा शंग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

किन भयो कारोबार रोक्का ?

नेप्सेले यी कम्पनीले नेप्सेको निर्देशिका अनुसार काम नगरेको, सूचीकरण नियमावली र सूचीकरण विनियमावली पालना नगरेको कारण कारोबार रोक्का गरेको जनाएको छ।  यी कम्पनीले नेप्सेलाई उपलब्ध गराउनु पर्ने सूचनाहरु नबुझाएको, संचालक समतिको बैठक बसेको समय उल्लेख नगरेको र कार्यतालिका अनुसार काम नगरेको बताईएको छ  ।  

नेप्सेले कति समयको लागि कारोबार रोक्का भएकोबारे केहि खुलाएको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved