४० प्रतिशत लाभांश घोषणा गरेर केहि पनि नदिने कम्पनी चिन्नुस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 10:46:18 AM मा प्रकाशित

laxmi  sunrise bank

 छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha Limited ले लगानीकर्तालाई  निराश पारेको छ  । कम्पनीले ४० प्रतिशत लाभांश प्रस्ताव गरेर अहिले लगानीकर्ता कुनै प्रकारको लाभांश नदिने भएको हो  । 

कम्पनीको भदौ २८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो  । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएको भन्दै कम्पनीले उक्त रकम संचित कोषमा राख्ने निर्णय गरेको हो  ।

अब कम्पनीका लगानीकर्ताले गत आथिक बर्षको कमाईबाट कुनै पनि लाभांश पाउने छैनन्  ।  

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब रहेको छ   ।  कम्पनीले गत आर्थिक बर्ष ६६ करोड ३८ लाख मुनाफा आर्जन गरेको थियो । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved