सिद्दार्थ बैंक Siddhartha Bank Limited ले आज पुस २३ गते सत्रौं वार्षिक साधारण सभा गर्दै छ। बैंकको साधारणसभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारणसभामा बैंक सञ्चालक समितिको मंसिर ६ गते बिहीबार बसेको बैठकले लगानीकर्तालाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयरका साथै ८.१६ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव निर्णयार्थ पेश हुनेछ । त्यसैगरि साधारणसभाका अन्य एजेन्डामा सिद्धार्थ क्यापिटलको सहित बैंकको आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सहितको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति, प्रबन्धपत्र तथा नियमावली संसोधन, संस्थागत सामाजिक उत्तरदायित्व वापत भएका खर्च अनुमोदन गर्ने लगायतका रहेका छन् ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस ९ गते बुक क्लोज गरेकोले पुस ८ गतेसम्म कायम रहने शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।