
 2mb (1).gif)
नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३० गते सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ७३/७४ को मुनाफाबाट लगानीकर्तालाई १३.५ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुंजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३ सय ४४ रुपैयाँको १३.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै कम्पनीले कर प्रयोजनको लागि रकम वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृतिले दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।