मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठक लगानीकर्तालाई कुल ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभंश गरि कुल ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।