गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 10:25:21 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार साँझ बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ७४/७५ सम्मको मुनाफ बाट वितरण गरिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले १३.१०१५ प्रतिशतले हुन् आउने १२ करोड २९ लाख ६० हजार बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर भने लगानीकर्ता आफैले तिर्नु पर्ने छ ।

उक्त लाभांश बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ९३ करोड ८५ लाख २० हजार रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved