नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भदौ २५ गते र भदौ २८ गते भएका ६४० वटा कारोबार रद्द भएका छन् । नेप्सेले ति दिनमा २:१५ बजे भन्दा अगाडी भएका कारोबार रद्द गरेको हो ।
ति दिनमा भएका बाँकि रहेका ४ हजार २ सय ९७ कारोबारको राफसाफ तथा फर्स्योट असोज ९ गते शुक्रबारदेखि हुने सिडीएसले जनाएको छ ।
नेप्सेको कारोबार प्रणालीमा समस्या आउँदाको क्रममा भएका ति कारोबारको राफसाफ नगर्न नेप्सेले निर्देशन दिएको थियो । अब भने नेप्सेले ६४० वटा कारोबार रद्द गरी बाँकि कारोबारको राफसाफ गर्न निर्देशन दिएको हो।