मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 08:23:49 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  को शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिंग चयन भएको छ ।  मिर्मिरेले नागवेली लघुवित्तलाई गाभेर एकिकृत कारोबार सुरु गरेपछि नेपाल एसबिआईलाई  शेयर रजिष्ट्रार नियुक्त गरेको हो । 

यस संगै अब मिर्मिरेको  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही  नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले गर्ने भएको छ । 

मिर्मिरेले नागवेली लघुवित्तलाई गाभेपछि नागवेली लघुवित्ततर्फको २० लाख ७ हजार १ सय २३ दशमलव ६१५ कित्ता शेयर नेप्सेमा सुचिकृत भईसकेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved