केयर रेटिङ्सले बोलायो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 08:26:20 AM मा प्रकाशित

laxmi  sunrise bank

केयर रेटिङस नेपालले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ३ गते सोमबार आफ्नै कार्यालयमा  सभा आह्वान गरेको हो ।

कम्पनीले सभामा लाभांश सहितक विभिन्न प्रस्ताव पेश गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २१.०५२६३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै सभामा संचालक समितिको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छ ।

कम्पनी भारतको केयर रेटिंग लिमिटेडको सहायक कम्पनी हो । यसमा विशाल समुह, इमार्जिंग नेपाल , नेपाल पुनर्बिमा, ग्लोबल आईएमई बैंक, प्रुडेन्शियल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन लगायतको लगानी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved