
नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिटिजन्स बैंक Citizens Bank International Limited लाई स्पष्टिकरण सोधेको छ । लाभांश घोषणाबारेको सूचना कारोबार खुल्नु अगाडी दिनु पर्नेमा कारोबार समयमा दिएको र सूचनामा संचालक समितिको बैठक बसेको समय उल्लेख नगरेको भन्दै नेप्सेले बैंकलाई स्पष्टिकरण सोधेको हो ।
नेप्सेले बैंकलाई यस विषयमा के भएको हो, बैंकको भनाई के छ, भन्ने विषय उल्लेख गरि ३ दिन भित्र इमेल मात्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।
बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको थियो। बैंकले त्यसको विवरण कारोबार समय मै नेप्सेलाई पठाएको थियो ।
बैंकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३० प्रतिशत नगद लाभांश गरी शेयरधनीलाई कुल ११ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने छ ।