दशैँ विदा अगाडी नेप्से सूचक १६ सय नाघ्यो, वाणिज्य बैंकमा उच्च आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 03:22:08 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ विदा अगाडीको अन्तिम दिनको शेयर कारोबारमा नेप्से सूचक बढेको छ । आजको कारोबारमा सूचक ८.५४ अंकले बढेर १६०६.२५ को बिन्दुमा पुगेको हो । आज १८७ कम्पनीको ६४ लाख ५७ हजार ८ सय ३३ कित्ता शेयर कारोबारबाट १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९ सय १९ रुपैयाँको कारोबार भएको छ । 

आज कारोबारमा आएका होटेल, हाइड्रो, लाइफ इन्स्योरेन्स र म्युचुअल फण्ड बाहेकका समुहगत सूचक बढेका छन् । आज कुमारी बैंकको सबै भन्दा धेरै १४ करोड १५ लाख ४५ हजारको कारोबार भंएको छ भने एनआईसी एसिया बैंकको ९ करोड ८५ लाख बराबरको कारोबार भएको छ । बढी कारोबार हुने अन्य कम्पनीमा अपि पावर, प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक लगायत रहेका छन् ।

आजको कारोबारमा जनरल इन्स्योरेन्सको शेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ । आज माउन्टेन हाइड्रोका लगानीकर्ताले सर्बाधिक ३.६१ प्रतिशत गुमाएका छन् भने रैरांग हाइड्रोका  लगानीकर्ताले ३ प्रतिशत गुमाएका छन् ।

अब दशैँ बिदापछि कार्तिक २२ गतेबाट शेयर बजार पुन: सुचारु हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved