सानिमा जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2020 | 08:16:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्स Sanima General Insurance Company को शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ । हालै मात्र आईपिओ जारी गरेको यस कम्पनीले सानिमा क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो   । 

यस संगै अब सानिमा जनरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही  सानिमा क्यापिटलले गर्ने भएको छ । 

कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भई लगानीकर्ताको डिम्याट खातामा आईसकेको छ  । नेप्सेमा सुचिकृत भएको दोस्रो दिनबाट लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।  कम्पनीले असोज २१ गतेदेखि प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुगेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved