९१ प्रतिशतले बढ्यो ज्योति लाइफको मुनाफा, ६६ करोडको आईपिओ आउदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2020 | 10:22:24 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्स Jyoti Life Insurance Company  ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१.८७ प्रतिशतले खुद नाफा बढाएको छ । कम्पनीले आघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ७६ लाख नाफा कमाएकोमा यस आर्थिक वर्षको पहिलो ३ महिनामा ७ करोड २२ लाख खुद नाफा कमाएको हो ।

यस अवधिमा कम्पनीको प्रिमियम संकलन ९८.७९ प्रतिशतले बढेर २६.४२ करोडबाट ५२.५३ करोड पुगेको छ । । कम्पनीले गरेको ऋण लगायतक अन्य लगानीबाट ३.८३ करोड कमाएको छ । यस अवधिमा कम्पनीको दाबी भुक्तानी बढेर ४२.८६ लाख पुगेको छ । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब २५ करोड रहेको छ । कम्पनीले हालसम्म ८ हजार ९६ पोलिसी बिक्रि गरेको जनाएको छ । 

कम्पनीको प्रति शेयर आम्दानी १८.७६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ १३३,२३ रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रहेको छ भने रिजर्भमा ४६ करोड ५ लाख रहेको छ । कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आइपिओ जारि गर्ने तयारी गरेको छ। आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved