गुराँस लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2020 | 08:09:30 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company को लाभांश सुरक्षित गर्ने आज कार्तिक १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २० गतेदेखि बुक क्लोज गर्ने भएकोले आज १९ गतेसम्म अकायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले मङ्सिर ४ गते तिनकुने स्थित आफ्नै प्रधान कार्यालयमा सभा आह्वान गरेको छ ।

साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट ५.२५  प्रतिशत बोनस दिने र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले यस अघि १०.५० प्रतिशत बोनस  घोषणा गरेपनि कम्पनीको १:१ अनुपातको हकप्रद नेप्सेमा सूचीकरण भई चुक्ता पुँजी १ अर्ब ८७ करोड कायम भएकोले सोहि अनुसार दर समायोजन हुने गरी यस अघि घोषणा भए भन्दा आधा मात्र बोनस वितरण गर्ने उल्लेख गरेको हो । प्रस्ताव साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा बितरण हुने छ ।

सभाले ६ जना संचालकको निर्वाचन समेत गर्ने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved