६२ प्रतिशतले बढ्यो रिलायन्स लाइफको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2020 | 09:11:05 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्स Reliance Life Insurance   को खुद नाफा ६२ प्रतिशतले बढेको छ । अघिलू आर्थिक वर्षको पहिलो त्रैमासमा १.८५ करोड खुद नाफा कमाएकोले कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड नाफा कमाएको हो ।

केहि समय अगाडी मात्र आईपिओ निष्काशन गरेको कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रहेको छ भने रिजर्भमा १७ करोड ३० लाख रहेको छ । कम्पनीको जीवन बीमा कोषमा १ १ अर्ब ३९ करोड रहेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ५५.८४ प्रतिशतले बढेर १ करोड ९२ लाख २४ हजार रुपैयाँ पुगेको छ। कम्पनीले ऋण लगायत गरेको अन्य लगानीबाट ३ करोड ११ लाख कमाएको छ ।   

यस अवधिमा कम्पनीको प्रिमियम संकलन ९१.९८ प्रतिशतले बढेर ४६ करोड ५२ लाख पुगेको छ । कम्पनीको दाबी भुक्तानी बढेर ६ करोड ७८ लाख पुगेको छ । हालसम्म कम्पनीले ४ हजार १ सय ३८ बीमालेख जारि गरेको छ । 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ १०९.१५ रुपैयाँ रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved