फर्स्ट माइक्रोफाईनान्सको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 02:53:26 PM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाईनान्स First Microfinance Laghubitta Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर १८ गते काठमाडौँको आम्रपाली ब्यांक्वेटमा सभा आह्वान गरेको हो  । 

सभामा कम्पनीले लाभांश लगायतका विभिन्न प्रस्ताव पेश हुने छ  । कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट  ९.५० प्रतिशत बोनस शेयर, र कर प्रयोजनको लागि समेत ४.१८४२ प्रतिशत नगद लाभांश गरि कुल १३.६८४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव ने आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ७ लाख ४० हजार ७ सय ४६ रुपैयाँ रहेको छ 

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन तथा प्रस्तावित लाभांश लिन सक्ने छन् 

त्यस्तै सभाले सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन समेत गर्ने छ । कम्पनीले भर्चुअल माध्यमबाट समेत शेयरधनीहरु सभामा भाग लिन सक्ने जनाएको छ 

हेर्नुस साधारणसभामा पेश हुने प्रस्ताव : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved