९७२ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 09:19:33 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited को खुद नाफा ९७२ प्रतिशतले बढेको छ  । बैंकले आघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८६ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा बैंकले २० करोड १ लाख १६ हजार खुद नाफा कमाएको हो । 

बैंकको गैर संचालन आम्दानी ह्वात्तै बढेपछि बैंकको नाफामा उच्च वृद्धि देखिएको थियो। बैंकले यस अवधिसम्ममा २० करोड ९ लाख ६३ हजार गैर संचालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको गैर संचालन आम्दानी ३९ हजार मात्र थियो । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ करोड ४३ लाख रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ५१.६६ प्रतिशतले बढेर ३८ करोड १५ लाख पुगेको छ भने संचालन मुनाफा ८ करोड ३९ लाख रहेको छ । यस अवधिसम्ममा  बैंकको निक्षेप १५.११ प्रतिशतले बढेर ३६ अर्ब ७२ करोड पुगेको छ भने कर्जा प्रवाह १५.३४ प्रतिशतले बढेर २९ अर्ब ९२ करोड पुगेको छ ।  २ अर्ब ५४ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा ५७ करोड ४४ लाख रहेको छ । त्यस्तै बैंकको खराब कर्जा १.६१ प्रतिशतबाट बढेर २.६४ प्रतिशत पुगेको छ ।  

यस अवधिसम्ममा बैंकको प्रति शेयर आम्दानी ३१.५१ रुपैयाँ, प्रति शेयर नेटवर्थ १२२.६२ रुपैयाँ,  बेस रेट ९.२८ प्रतिशत, कोषको लागत ६.८७ प्रतिशत,सिसिडि ७७.४३ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १२.४४ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved