मंगलबार ४ अर्ब बढीको शेयर किनबेच, पुनर्बीमा कम्पनीको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 03:11:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार सूचक २५.९८ अंकले बढेर १६७८.७९ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका १९६ कम्पनीका ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर बिक्रिबाट ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा आएका हाइड्रो र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । आज जीवन बीमा कम्पनीको सूचकले १० हजारको बिन्दु पार गरेको छ ।

आज नेपाल पुनर्बिमा कम्पनीको सबै बह्न्दा धेरै २८ करोड ५३ लाखको कारोबार भएको छ । बढी शेयर कारोबार अन्य कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम, कामना सेवा विकास बैंक लगायत रहेका छन् । 

आज साल्ट ट्रेडिङ कर्पोरेशन र कर्पोरेट विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै त्यस्तै सानिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य ९.९१ प्रतिशत र टेलिकमको शेयर मूल्य ९.४९ प्रतिशतले बढेको छ । आज विशाल बजार कम्पनीका लगानीकर्ताले सबै भन्दा धेरै ४.६१ प्रतिशत गुमाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved