४० प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको नाफा, अरु कस्तो सूचक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 08:12:23 AM मा प्रकाशित

nepal oil ltd

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आईएमई बैंक Global IME Bank Limited  को खुद नाफा ४० .५९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पहिलो त्रैमास बैंकको खुद नाफा ७३ करोड ३१ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड नाफा कमाएको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २२ करोड ६१ लाख ६१ हजार रुपैयाँ छ । खराब कर्जाको कारण बैंकको ठुलो रकम रिजर्भमा राख्दा बैंकको वितरणयोग्य नाफा घटेको हो ।

यस अवधिमा बैंकको निक्षेप संकलन ५.६२ प्रतिशतले बढेर २ खर्ब २४ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३.३५ प्रतिशतले बढेर १ खर्ब ९५ अर्ब पुगेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी ६५ प्रतिशतले बढेर २ अर्ब ५९ करोड पुगेको छ ।

१८ अर्ब ९७ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ११ अर्ब ११ करोड रहेको छ । बैंकको खराब कर्जा ०.८५ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २२.३२ रुपैयाँ, प्रति शेयर नेट वर्थ १५८.५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.१९ गुणा, बेस रेट ७.२७ प्रतिशत, स्प्रेड दर ५.०३ प्रतिशत, कोषको लागत ५.३९ प्रतिशत, सिसिडि ७२.७२, र पुँजी पर्याप्तता अनुपात १२.५० रहेको छ।

बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस र २ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले साधारणसभाले भने गरिसकेको छैन ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved