नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा घट्यो, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2020 | 08:27:21 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited  को खुद नाफा २६.१३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ८४ करोड ४४ लाख खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ करोड ३८ लाख कमाएको हो । 

कम्पनीको संचालन मुनाफा पनि २६ प्रतिशतले घटेर ८९ करोड १६ करोड कायम भएको छ । बैंकको वितरणयोग्य २० करोड ४० लाख रहेको छ । 

बैंकको निक्षेप ११.१३ प्रतिशतले बढेर १ खर्ब ८४ अर्ब पुगेको छ भने कर्जा प्रवाह २.६३ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब पुगेको छ 

१४ अर्ब २४ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा १३ अर्ब ८७ करोड रहेको छ । बैंकको खराब कर्जा २.८० प्रतिशत रहेको छ । 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १७.५१, प्रति शेयर नेटवर्थ १९७.३९, बेस रेट ७.३४ प्रतिशत, कोषको लागत ५.४८ प्रतिशत , सिसिडि ७३.६८ प्रतिशत, र पुँजी पर्याप्तता अनुपात १२.३६ प्रतिशत रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved