
२ वाणिज्य बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले सानिमा बैंक र बैंक अफ काठमांडूलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।
यस संगै अब सानिमा बैंकले १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याज प्रदान हुने गरी ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । जस मध्ये १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई र २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ। सानिमा बैंकको ऋणपत्र निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।
त्यस्तै बैंक अफ काठमांडूले १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याज प्रदान हुने गरी १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । जस मध्ये ६४ करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई र ९६ करोड बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ। बैंकको ऋणपत्र निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ।