युनाइटेड इदी मर्दीको आईपिओ तपाईलाई पर्यो कि परेन ? हेर्नुस नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 06:22:33 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज दिउँसो शेयर बाँडफाँड गरेको हो । 

आईपिओमा ५ लाख ४१ हजार २ सय ६३ आवेदकले ९४ लाख ९८ हजार ४ सय कित्ताको लागि आवेदन दिएको क्यापिटलले जनाएको छ । जस अनुसार ८६१ जनाको आवेदन रद्द भई जना योग्य आवेदक कायम भएका छन् ।  योग्य आवेदक मध्ये गोलाप्रथाबाट ८१ हजार २ सय ७३ जनाले शेयर पाएका छन् । जस मध्ये ८१ हजार २ सय ७३ जनाले १० कित्ता शेयर पाएका छन् भने ६ जनाले ११ कित्ता शेयर पाएका छन् । २० देखि १० हजार कित्ता आवेदन दिएका मध्येलाई गोलाप्रथामा सहभागी गराएर थप ६ कित्ता शेयर बाँडफाँड गरिएको हो ।

  यस हिसाबमा आवेदन दिएका ४ लाख ५९ हजार ९ सय ९० जना आवेदक हात खाली भएका छन् । आईपिओको नतिजा बिजपाटी डटकममा प्रकाशित भएको छ ।  नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULT भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा United IDI-Mardi and R.B. Hydropower Limited छनौट गरी आफ्नो डिम्याट नम्बर राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ । शेयर परेको भए आफुलाई परेको शेयर कित्ता देखाउने छ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ। 

कम्पनीले सर्बसाधारणको लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ४३ हजार ६ सय ९६ कित्ता सामुहिक लगानी कोषहरुलाई र १७ हजार ४ सय ७८ कर्मचारीलाई छुट्याईएको थियो । बाँकि रहेको ८ लाख १२ हजार ७ सय ३६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । 

हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ । कम्पनीले कास्कीमा ७ मेगावाट अपर मर्दीखोला हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरेको छ ।  उक्त आयोजनाले १ वर्षदेखि बिजुली उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved