शेयर बजार राताम्मे, सर्किट लागेपछि समय अगावै कारोबार बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 02:24:40 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजारमा नकारात्मक सर्किट लागेपछि आज आइतबारको शेयर कारोबार समय अगावै बन्द भएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से सूचक २ बजेर १३ मिनेटमा ६ प्रतिशतले घटेपछि आजको लागि कारोबार बन्द भएको हो । 

आज सूचक ६ प्रतिशत अर्थात १२३.३४ अंकले घटेर १९३२.११ अंकको बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । आज ९ वटा कम्पनी बाहेक सबै कम्पनीको शेयर मूल्य घटेको छ । आज डेढ दर्जन बढी कम्पनीको शेयर मूल्यमा नाकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएका १९७ कम्पनीका १ करोड ५४ लाख ९० हजार ७८ कित्ता शेयर खरिद बिक्रि बाट ७ अर्ब २० करोड ९१ लाख १८ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब १६ करोड बढीको कारोबार भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved