बोटलर्स नेपालका दुबै कम्पनीको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 09:03:03 AM मा प्रकाशित

laxmi  sunrise bank

बोटलर्स नेपालका दुबै कम्पनीले साधारणसभा आह्वान गरेका छन् । बोटलर्स नेपाल (तराई) लिमिटेड र बोटलर्स नेपाल (बालजु) ले क्रमश पुस २२ गते र पुस २३ गते सभा आह्वान गरेका हुन् ।

दुबै कम्पनीले बालजु स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सभा आह्वान गरेका हुन् । दुवै कम्पनीको साधारणसभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान विवरण, लेखापरीक्षकको प्रतिवेदन, अन्य वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । बोटलर्स नेपाल (तराई)को साधारणसभामा स्वतन्त्र संचालकको नियुक्ति गर्ने प्रस्ताव पनि पेश हुने छ  ।

बोटलर्स नेपाल (तराई)ले साधारणसभा प्रयोजनको लागि पुस ८ देखि २२ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ७ गतेसम्म अकायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्।  बोटलर्स नेपाल (बालाजु)ले पुस ९ गते देखि २३ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म अकायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved