लाभांशलाई लिएर बरुण हाइड्रोलाई नेप्सेले सोध्यो स्पष्टीकरण, कारोबार स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2020 | 03:25:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बरुण हाइड्रोपावर कम्पनी Barun Hydropower Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ नगद गरि कुल ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको हो 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई उक्त लाभांश वितरण हुने छ । कम्पनीले लाभांश घोषणा गरेसंगे नेप्सेले कम्पनीको कारोबार स्थगित गरि ३ दिने स्पष्टिकरण सोधेको छ 

लाभांश सम्बन्धि निर्णय भएको सोहिदिन वा अघिल्लो दिन कारोबार खुल्नु अगाडी नै नेप्से मार्फत जानकारी गराउनु पर्नेमा कम्पनीले ढिलो जानकारी गराएको भन्दै नेप्सेले स्पष्टिकरण सोधेको हो । नेप्सेले के कारणले यसो भएको हो सो को कारण खुलाई ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved