महिला लघुवित्तको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 08:34:53 AM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २४ गते शुक्रबार बिहान ११ काभ्रेको साँगा स्थिति आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । कम्पनीले  साधारणसभामा भौतिक रुपमा सिमित व्यक्तिलाई प्रवेश गर्न दिईने र अन्यलाई भर्चुअल माध्यमबाट उपस्थिति गराईने जनाएको छ । 

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । साथै सभामा मर्जर त्तहा एक्विजिसनको लागि आवश्यक कार्य गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुने छ । 

सभामा कम्पनीले आईपिओ प्रस्ताव पनि पेश गर्ने छ ।  कम्पनीले हाल कायम जारी पुँजीको ४० प्रतिशतको दरले आईपिओ निष्काशन गर्ने तयारी गरेको हो । जस अनुसार कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर आईपिओ निष्काशन गर्ने छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ ।   कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट पनि अनुमति माग गरिसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved